ओईलेको हाँसो ओठमा लिएर
कल्पनाको ताजा गुलाब मनभरी सिउरिएर बांचिरहेकोछु!
अनि सम्झनाहरु सिशा झैँ टुक्रिएर बिझिदिदा!!!
मुटुभरी बितेका पलहरु फेरी बल्झिदिन्छ आगोसरी
त्यसैले यी मेरा हर पाईलाहरु थकित बनि सुस्ताईदिन्छ
अनि यो नौलो यात्राको(परिवेशको)बाटो टेक्न हिच्किचाईरहेकोछ
अनि त दोधारे मनको दोशाधमा दुई मनको सोचाई बोकिरहेकोछु
सहि अर्थ कुन मनले दिने हो!!
फेरी म यहि मन संग सोध्छु!
म सुकुम्बशी हुनुमा तिम्रो के बाजी छ?
कुनै सजिब्ता रहेन यो समय संग
अनि कुनै आत्मिएता पनि रहेन यो मनको देवता संग
यति लामो यात्रा गरेर यहाँ सम्म आएको छु!
हजारौ अभावहरु लाई थाँती राखेर
अनि समुन्द्रको छातीमा
जिन्दगीको पदचापहरु एकपछि अर्को गर्दै बाटोहरु हिडिरहेको छु!!!!लागातर!!!!!!!!!!!!!!
यही रहेछ हिजो बम पड्काउने पापी
6 hours ago





dherai ramro chha tapai ko bhawona haru
ReplyDelete