जब म लक्ष्यमा अघि सरेको बेला
हात फैलाएर मेरो बाटो छेक्न नखोज!
तिम्रो अंगालोमा अहिल्यै बाधिए भने
संसारको रोदन सुन्न सक्दिन
आखामा मेरो जालो लाग्नेछ
कान मेरो बहिरा हुनेछ!
उचालिएको कदमलाई पछाडी सार्नु पुरुसार्थ होइन!
बिन्ति छ मलाई अघि बड्न देउ !!
तिमि मेरो लागि सिर नाझुकाऊ
अनुहार अध्यारो नपार
मैले हिड्ने बाटोहरुमा बाझो परि आउनेछ!
बीच बाटो देखि नै फर्किनु पर्नेछ !!
मेरो स्वागत् गर्ने संसारमा प्रलय हुनेछ
तिमि मेरो आशा गर बिस्वास बाध
आशाले सक्ति प्रदान गर्नेछ!
म तिमीलाई भुलेर खुसि रहन सक्दिन!
न कि तिम्रो नजरबाट गिरेर नै बाच्न सकुला
चन्द्र झैँ उज्यालो तिम्रो मुहार सम्झेर!
म मेरो यात्रा तय गर्दै जानेछु!
पिलिएको ज्यान जगेर्ना गर्न
प्राणको बाजी लगाएकोछु!!
अझ पनि संसार अध्यारै छ!
उज्यालो ल्याउन बाकि नै छ!
म तिम्रो आखामा आशु कहिल्यै देख्न चाहन्न!
सधै तिम्रो ओठमा मुस्कान देख्न पाउ!!
तिम्रो आशुले मेरो मुटु कम्जोर बनाउनेछ!
मुस्कुराहतले साहस र सक्तिको पुल बाध्छ!
म हिड्ने सबै बाटोहरुमा सधै फुल बिछ्याई दिनु
अनि म पस्ने ढोकामा दियो बालि राख्नु
तिम्रो हृदयको धड्कनमा मेरै वियोगको तड्पन छ भने
तिम्रो अंगालोको हात मेरै स्वागतार्थ खुल्ला छ!
एक दिन म मिलनको गित गाउदै
(अनि सुनाउदै)निश्चय नै म फर्की आउनेछु!!!





We could learn a lot from crayons. Some are sharp, some are pretty and some are dull, Some have weird names , and all are different colors, but they all have to live in the same box.............................................
ReplyDelete